Skip to main content
menu

भर्न मिल्ने अल्पकालीन स्याहार गाइड

"अल्पकालीन स्याहार गाइड" लाई अपाङ्गता भएका मानिसहरूका लागि स्याहारमा अस्थायी, स्थायी वा अनपेक्षित परिवर्तनहरूका लागि व्यक्ति, परिवार तथा अन्य स्याहारकर्ताहरूलाई मद्दत गर्न तयार गरिएको छ । यसलाई सुरुमा COVID-19 को सङ्कटको समयमा तयार गरिएको थियो तर यो स्याहारमा योजना बनाएर गरिएका परिवर्तनहरू वा विपद, बिमारी, स्याहारकर्तालाई गुमाउने वा स्याहारमा अन्य परिवर्तनको कारणले गर्दा अप्रत्याशित तरिकाले आउने परिवर्तनहरूका लागि उपयोगी कागजपत्र हुनसक्छ । यो गाइडले व्यक्तिको चिकित्सकीय, व्यक्तिगत तथा दैनिक समयतालिकासम्बन्धी जानकारीका बारेमा महत्त्वपूर्ण जानकारीलाई संक्षेपमा दिन्छ

यो गाइडलाई ट्रान्जिसन "स्न्यापशट" सँगै भरिनेगरी तयार गरिएको छ । स्टुडेन्ट (विद्यार्थी) स्न्यापशटलाई अटिजम इन्टरभेन्सन नेटवर्क अन बिहेभियरल हेल्थ (Autism Intervention Network on Behavioral Health, AIR-B) नेटवर्क भित्रका हाम्रा सहकर्मीहरूद्वारा तयार गरिएको थियो । यो उत्पादनका लागि आर्थिक सहयोग हेल्थ रिसोर्सेज सर्भिसेज एड्मिनिस्ट्रेसन (Health Resources Services Administration, HRSA) द्वारा गरिएको थियो र सहयोग निर्णय नम्बर UA3 MC11055 HRSA PI: Kasari रहेको थियो । यो स्न्यापशटमा व्यक्तिका प्राथमिकता, सञ्चार तरिका तथा रुचिहरूका बारेमा महत्त्वपूर्ण जानकारी रहेको हुन्छ ।

दुवै कागजपत्रहरूलाई व्यक्ति आफैले भर्ने अपेक्षा गरिन्छ (अर्थात्, स्याहारमा परिवर्तन अनुभव गरिरहेका व्यक्ति) र उनको हालका स्याहारकर्ता(हरू) । भरिसकेपछि, एक स्थितिबाट अर्कोमा जाने (ट्रान्जिसन) मा सबैभन्दा राम्रोसँग सहायता कसरी उपलब्ध गराउने भन्ने बारेमा बुझ्नमा मद्दत गर्नका लागि यो कागजपत्रलाई नयाँ वा अस्थायी स्याहारकर्तालाई उपलब्ध गराउन सकिन्छ ।

यी कागजपत्रहरू तयार गर्नका लागि निर्देशिकाहरू:

  • गाइड र स्न्यापशट दुवैलाई भर्नुहोस् । PDF मा भर्न मिल्ने फन्कसन (कार्य) प्रयोग गरेर भर्नुहोस् वा तपाईंले प्रिन्ट गरेर बाकसहरूमा लेख्न सक्नुहुन्छ ।
  • दुवै कागजपत्रहरू तयार गर्दा जतिसक्दो धेरै व्यक्तिहरू आफै संलग्न हुन्छन् भनेर सुनिश्चित गर्नुहोस् ।
  • भरिएका कागजपत्रलाई सम्भावित अस्थायी स्याहारकर्ताहरूलाई समयभन्दा अगाडि नै दिनुहोस् र, यदि सम्भव भएमा, निर्देशनहरूलाई राम्रोसँग बुझिएको छ भनेर सुनिश्चित गर्नका लागि आफैले भेटेर राम्रोसँग पूर्ण रूपमा स्पष्ट पार्नुहोस्
  • अपडेट गर्नका लागि हरेक वर्ष र विषयवस्तुमा मुख्य परिवर्तन हुँदा हरेक पटक कागजपत्रको पुनरावलोकन गर्नुहोस्
  • प्रिन्ट गरिएका प्रतिहरूसँगसँगै विद्युतीय प्रति पनि बनाएर राख्नुहोस्
  • एक प्रतिलाई व्यक्तिको स्याहर बाइन्डर वा परिवारका अन्य महत्त्वपूर्ण कागजपत्रहरू राखिएको ठाउँमा सँगै राख्नुहोस्
  • आवश्यकता अनुसार कागजपत्रमा राय तथा विचार उपलब्ध गराउनमा मद्दतका लागि विस्तारित समूहलाई संलग्न गराउनुहोस् (उदाहरण: शिक्षक, विस्तारित परिवार, दाजुभाइ, दिदीबहिनी)
  • गाइडको थप प्रयोगहरूका बारेमा विचार गर्नुहोस् (उदाहरण: प्राथमिक स्याहारकर्ताहरू बिदामा गएको समयमा)